अत्तरिया । धान दिवसको अवसर पारेर शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडी धान रोपेको हो ।
तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न सरकारलाई दवाव दिन सांकेतिक विरोध स्वरुप विश्वविद्यालयको गेट अगाडी धान रोप्न रोपिएको संघर्ष समितिका प्रवक्ता गणेश शाहले बताएका छन ।
सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको छ ।