धनगढी : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले बीमितलाई थाहै नदिइ बीमालेख धितोमा राखेर कर्जा लिई फरार भएको गुनासो आएको छ । कैलालीको कैलारी गाउँपालिका ६ का धन बहादूर महतोको अभिकर्ताहरुले बिमानै परिवर्तन गरिदिएको गुनासो गरेका थिए । तर प्रमाण हेर्दा बिमितको बिमा २ बर्स किस्ता हालेर छोडेको अवस्थामा अभिकर्ता रमेश चौधरीले धन बहादुर महतोको पुनः बिमा गरेको पाइएको छ ।
कम्पनीको कैलाली साखा धनगढीबाट अभिकर्ताले धनगढीकै बिमित हर्क बहादूर सिहंको बीमालेख धितोमा राखेर कर्जा लिएको दावी गरेका थिए । तर अभिकर्ता रक्षा महरा शीत ब्याक्तिगत कारोबारमा समस्या भएका शिहंले नेपाल लाइफ इन्स्योरेन्स बाट ५५ लाख ९ हजार रकमको चेक लिइएको पाइएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स धनगढी साखा प्रमुख गणेसराज अवस्थीले भने ग्राहकको कर्जा अभिकर्ताले लिन नपाउने बताए । अवस्थीले बिमकको अनुमती बिना आफै बिमा परिवर्तन गर्ने अधिकार अभिकर्तामापनि नभएको बताए । म धनगढी साखामा आएको दुई÷तिन महिना मात्रै भएको छ, यो बारे जानकारी भएन, बिमकलेपनि उजुरी गर्नुभाको छैन अवस्थीले भने “अहिलेको प्रमाण हेर्दा कम्पनिको कुनै गल्ती देखिएन, अब कुनै अभिकर्ता र बिमितको ब्यक्तीगत आर्थिक लेनदेन हुनसक्छ त्यसले संस्थालाई जोड्न मिल्दैन ।”