बैतडी। बैतडीमा पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग ८ घण्टापछि सञ्चालनमा आएको छ । लगातार वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो। बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहानदेखि राजमार्ग सुचारु भएको जानकारी दिए। घण्टौदेखि रोकिएका सवारीसाधन अलपत्र रहेका यात्रु गन्तव्यतर्फ लागेको बताइएको छ ।