बझाङ। बझाङमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । खप्तडछान्ना गाउँपालिका–६ बस्ने बर्ष २६ को उज्जल खड्कालाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले खड्कालाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत बझाङमा बुझाईएको बताइएको छ ।