धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागी ल्याएको बजेट माथी छलफल गर्न सकेको छैन्। प्रदेश सभाको दोस्रो अधिवेशनको १४ औं बैठकबाट प्रस्तुत गरिएको बजेट १२ दिन भइसक्दा दलभित्रै असन्तुष्टिले बजेट माथी छलफल अघि बढ्न नसकेको हो।
सरकारले असार १ गते चालु र पुँजिगततर्फ गरी २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थिय। सरकारले ल्याइएको बजेटसँगै विकास कार्यक्रम (रातो किताव) प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुमा व्यापक असन्तुष्टि बढेको छ। बजेटमाथि सत्तारुढ दलसँगै भित्रै प्रतिपक्षीको असन्तुष्टि बढेको छ। रातो कितावमा सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुलाई सहमतिमा ल्याउन सरकार तयार देखीएको छैन्।
जसकारण प्रदेश सभामा बजेटमाथिको छलफल अघि बढ्न नसकेको बताइएको छ। यस्तै नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट जनताको जनचाहना, नीति तथा कार्यक्रमविपरित आएको बताए । उनले निश्चित नेताहरुको भागवण्डा र मिलोमतो, बजेट सिद्धान्त र प्राथमिकताभन्दा बाहिर र सेटिङमा बजेट आएको बताए। रणनीतिक महत्वका योजनालाई प्राथमिकता दिनुभन्दा दुई लाख, चार लाख, पाँच लाखका योजना बजेटले समेटेको बताए । उनले केही सिमित नेताका क्षेत्र बाजुरा, कैलाली निर्वाचन क्षेत्र केन्द्रित बजेट परेको देखिएकोे तर यसले प्रदेशको प्राथमिकतामा ध्यान नदिएको बताए।
स्थानीय तहबाट आएका बजेटलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई छ। यता सभामुख भीमबहादुर भण्डारीले बजेटमाथिको छलफल अघि बढाउन प्रदेश सभा बैठकको मिति तोक्न सकेका छैनन्। सत्तारुढ संसदीय दलका नेताहरु बसेर छलफल गराएर सहमतिमा ल्याउनुपर्ने बताए । उनले अलि समय लाग्ने भएकाले बैठक कहिले बस्ने र बजेट माथी छलफल कहिले हुने भन्ने अहिले त भन्न सक्ने बताए। त्यस्का लागी सरकार तयारी गरिरहेको बताए। उनले सरकारले माननियसंग छलफल गरेर टुङ्गो लागेपछि छलफल शुरु हुन सक्ने बताए।
सभामा असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले विनियोजन तथा अर्थ सम्बन्त्री व्यवस्था गर्न बनेको विधेयकलाई सभामा ‘टेबुल’ गरेपछि सभामुख भण्डारीले ‘आगामी बैठक अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको’ घोषणा गरेका थिए। तर अहिलेसम्म बैठक बोलाईएको छैन्। सरकारले असार १ गते चालुतर्फ नौ अर्व ५९ करोड ६० लाख दुई हजार तथा पुँजिगततर्फ १७ अर्व दुई करोड २३ लाख ६० हजार गरि २९ अर्व २६ करोड ५९ लाख ३२ हजारको बजेट सभामा प्रस्तुत गरेको थियो।