धनगढी। डोटीको जोरायल गाउँपालिकाले ५३ करोड बढीको बजेट ल्याएको छ। गाउँ सभाको १४ औं अधिवेशनको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले आर्थिक बर्ष २०८०/०८१ को लागी ५३ करोड ११ लाख ६० हजारको बजेट सभामा पेश गरेकी हुन। उक्त बजेट तथा कार्यक्रम पेश भइ सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।