धनगढी : धनगढीको पुरानो भन्सार रोड कृषी सामग्री कम्पनि भवन अगाडी रहेको सौभाग्य हस्पिटलले महिलाहरुका लागी निशुल्क बिषेशज्ञ सेवा शुरु गरेको छ । असार १ गतेदेखी निसन्तानपनका लागि महिला तथा प्रसुती रोग विशेषज्ञ डाक्टर संगिता बस्नेतबाट निशुल्क चेकजाँच तथा परामर्श सेवा दिइरहेको छ ।
अस्पतालका अनुसार महिलाहरुमा देखिने बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै निशुल्क सेवा दिन लागिएको हो । निशुल्क बिशेषज्ञ सेवा सिमित समयका लागी मात्रै भएकाले समयमै चेकजाँच गराउन अस्पतालले आग्रह गरेको छ ।