धनगढी। शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज दिउँसो प्रदेश सभा अगाडि शंख र सिट्टी बजाएर प्रदर्शन गरेको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै संघर्ष समितिले सुदूरपश्चिम प्रदेश सभा अगाडि शङ्ख र सिटी बजाएर प्रदर्शन गरेको हो।
संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले विश्वविद्यालय सञ्चालनको माग गर्दै आज शुक्रबार दिउँसो ३ बजे प्रदेश सभा प्रवेशद्वारमा शंख र सिट्टी बजार प्रदर्शन गरिएको जानकारी दिए। कैलालीको गेटामा शहिद दशरथचन्द रास्ट्रिय स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनार्थ चरण वद्द अन्दोलन स्वरुप अनुसार सिट्टी र संख फुकेर सरकारका कान ,आँखा खोल्नका लागि बिरोध गरीएको बताए ।
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राखेको छ। शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएपनी बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि १५ दिनदेखी आन्दोलन भईरहेको छ। आफ्नो माग सम्बोधन नभएसम्म विभिन्न समुह संस्था संग छलफल देखि सडक संर्घषंका कार्यक्रम समितिले गर्दै आएको छ ।