धनगढी : धनगढीको बिशालनगरमा डोजर चलेको छ । बिशालनगर क्षेत्रमा सडक आसपास क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरको सडक फराकिलो बनाउने योजनासहित उपमहानगरले सडक क्षत्रमा पर्ने संरचना भत्काउन सुरु गरेको हो। सडक फराकिलो नहुँदा समस्या हुँदैँ आएकोमा अव भने सहज हुने भएको हो ।
साँघुरो सडकका कारण अस्तव्यस्त हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको थियो ।