धनगढी : कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय अगाडी धर्ना दिइएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएको हो । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर आधा घण्टा धर्ना दिएका छन । संघर्ष समितिले हिजो प्रदेश सभा भवन घेराउ गरेका थिए ।
गेटामा २०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । जेठ ५ गते सार्वजनिक नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्वविद्यालय बनाउने भनिएपनि जेठ १५ गतेको बजेट भाषणमा १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको थियो ।