धनगढी : धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पसमा अध्यायनरत बिद्यार्थीहरुलाई सौभाग्य अस्पतालले बिषेश छुट दिने भएको छ । धनगढी पुरानो भन्साररोड स्थित सौभाग्य अस्पतालले ऐश्वर्या बहुमुखी क्याम्पसमा अध्यायनरत बिद्यार्थीहरुलाई छुट दिने भएको हो । सौभाग्य अस्पतालका मेडिकल डाइरेक्टर डा.बिष्णु जैशी र ऐश्वर्या बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नरेश पन्तबिच भएको सम्झौता अनुसार क्याम्पसमा अध्यायनरत बिद्यार्थीहरुलाई परिचयपत्रको आधारमा छुट दिइने भएको हो ।
अस्पतालका अनुसार बिद्यार्थीहरुलाई उपचारका लागी आर्थिक समस्या पर्ने भएकाले उनिहरुका लागी बिषेश छुट सुबिधा ल्याइएको हो । ऐश्वर्या बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति कुबेर खड्काले हाम्रो ऐश्वर्या हामी बनाउँछौँ भन्ने नाराका साथ क्याम्पसका बिद्यार्थीहरुलाई उपचारमा छुट सुबिधा ल्याइएको बताए । स्वबियुको बिषेश पहलमा बिद्यार्थीहरुलाई छुट सुबिधा ल्याइएको उनले बताए ।
सम्झौता अनुसार ५ देखी २५ प्रतिशत सम्म बिद्यार्थीहरुले बिभिन्न चेकजाँचमा छुट पाउने छन् । बिद्यार्थीहरु मात्रै नभएर उनिहरुका परिवारलाई समेत उपचारमा छुट दिने सम्झौता भएको सौभाग्य अस्पतालका मेडिकल डाइरेक्टर डा.जैशीले बताए । पछिल्लो समय अस्पतालले स्वास्थ्य सेवाबाट ब१िचत नागरिकहरुलाई गाउँ घरमै गएर शिविर मार्फत सेवा दिनुका साथै बिभिन्न बिद्यालयहरुमा बिद्यार्थीका लागी छुटको ब्यवस्था समेत गरिरहेको छ ।