बझाङ। बझाङको सेती नदी किनारमा एक बालिका मृत अवस्थामा फेला परेकी छिन्। बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमवार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो । उनको परिचय खुल्न नसकेको बझाङ प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले ४/५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जनाएको छ। छाला निस्किन लागेको अवस्थामा फेला परेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालको शव गृहमा राखेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।