धनगढी। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराई पक्राउ परेका छन । प्रहरीले उनलाई शनिवार नियन्त्रणमा लिएको छ।
यसअघि २६ वर्षीया डा शाह मृत्यु प्रकरणमा अनुसन्धान गर्न धनगढीकै विकल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। डाक्टर प्रशन्नाशाह बिहीवार घरमै मृत फेला परेकी थिइन् । मृतकका परिवारबाट भट्टराई र धनगढीकै विकल केसी विरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनु्सार केसी शनिबार विहान आफैं प्रहरी कार्यालय पुगेका थिए।
भट्टराईलाई भने प्रहरीले समातेका थिएन्। केसी र भट्टराई विरुद्ध किटानी जाहेरी आएकाले दुबै जनालाई हिरासतमा राखेर कानूनअनुसार अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखेका थिए । घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारले माग गर्दै आएका थिए। भट्टराई साँझ साढे चार बजे प्रहरी नियन्त्रण आइसकेको कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताएका छन्।