बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाले टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ । पालिकाबासीका गुनासो सुन्न गाउँपालिकाले पैँसा नलाग्ने टोलफ्री नम्बर सञ्चालनमा ल्याएको हो । बिहीवारबाट टोलफ्री नम्बर सञ्चालन गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयाग राज पन्तले जानकारी दिए ।
फोन गर्दा पैँसा नलाग्ने १८१०५०००४२२ नम्बरको टोलफ्री नम्बर सञ्चालन गरिएको उनले बताए । यसमा कल गरेर नागरिकहरुले गाउँपालिकाबाट प्रदान हुने सेवाका बारेमा जानकारी लिनुका साथै गुनासो समेत टिप्न सक्ने छन् । नागरिकहरुको सहजताका लागि टोलफ्री सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले बताए । यस्तै दोगडाकेदार गाउँपालिकाले अडियो नोटिस बोर्ड सेवा सूचारु पनि सुरु गरेको छ । १६१८०७०७०९५०३ नम्बर डायल गरि अडियो नोटिस बोर्ड सेवा सुन्न सकिने गाउँपालिकाले जनाएको छ ।