धनगढी : नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले लागुऔषध दुब्र्यवशन नियन्त्रणका लागी निजि क्षेत्र सहकार्य गर्न तयार रहेको बताएका छन् । कटक भण्डारी फाउण्डेशनले धनगढीको शन्देस नेपाल संस्थामा आयोजना गरेको लागुऔषध दुब्र्यसन बिरुद्ध सचेतना कार्यक्रममा बोल्दै कुँवरले कटक भण्डारी फाउण्डेशनसंग सहकार्य गर्दै लागुऔषध दुब्र्यसन मुक्त समाज निर्माणमा सहयोग गर्ने बताएका हुन् ।
प्रहरीको तथ्याकं हेर्दा सबैभन्दा अग्र स्थानमा कैलाली जिल्ला लागु औषध प्रयोगकर्ता रहेको पाइयो उनले भने “प्रहरी कार्वाहीले नियन्त्रण आउने देखिएन अब सचेतना फैलाउन सके मात्रै यो नियन्त्रण तर्फ आउँछ, कटक भण्डारी फाउण्डेशनले निरन्तर सचेतनाका कार्यक्रम गरिरहेको छ यसमा कति सकिन्छ सहकार्य गर्न कैलाली उधोग बाणिज्य संघ संगै म आफु ब्यक्तीगत सहयोगका लागीपनि तयार छु ।” लागु औषध मुक्त समाज निर्माण गर्ने हामी सबैको दायित्व हो उनले भने “एक जनाले चाहे मात्रै हुँदैन हरेक क्षेत्रको मान्छेहरु आ आफ्नो तर्फबाट सहकार्य गरे नियन्त्रण आउन सक्छ ।”
कार्यक्रममा धनगढी उप महानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाले आफ्नो वडामा गत बर्षको बिनियोजित बजेटबाट केही सचेतनामुलक कार्यक्रम गरेको बताए । हामी एकदमै संवेदनशिल छौँ लागुऔषध मुक्त वडा बनाउनका लागी तर धेरै चुनौती छ उनले भने “सचेतनामुलक कार्यक्रम अब हरेक टोलमा गर्ने योजनाका साथ थप कार्यक्रमका लागी बजेट बिनियोजन गर्ने छु, वडासंग धेरै रकम हुँदैन यसका लागी सबैको सहयोग आवश्यक छ ।”
कार्यक्रममा पतन्जलि योग समिति कैलालीका जिल्ला युवा अध्यक्ष सुभाष मुस्कानले योग र व्यायामले मानसिक र शारीरिक स्वास्थ्य सबल हुने बताएका हुन् । धनगढी उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको सचेतना कार्यक्रमा बोल्दै योग गुरूसमेत रहेका मुस्कानले व्यक्तिले असल नसा सबैमा हुनुपर्ने तर कुलतको नसाबाट बच्न र मुक्त हुन योग, प्रणायाम र व्यायाम गर्नुपर्ने बताए । उनले सुखद् जीवनका लागि योग र प्रणायाम नियमित गर्दा निकै फाइदा हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक शन्तोस बस्यालले कैलालीमा लागुऔषध दुर्व्यसनीका घटना बर्षै प्रत्येक बढिरहेको बताए । सुरुवातीमै कसैले लागुऔषध प्रयोग गर्न आग्रह गरे ’नाइ’ भनेर टार्न सक्नुपर्ने प्रनि उनले बताए । ’लागुऔषध प्रयोगकर्ताको गन्तव्य भनेको अकालमा मृत्यु हो। तसर्थ मृत्युको बाटोबाट जीवनको बाटो अपनाउने वातावारण निर्माण गरिनुपर्छ,’ उनले भने, ’नेपाल प्रहरी लागुऔषधमुक्त समाज निर्माण गर्न सबै पक्षसँग सहकार्य गर्न र कानूनको पालना गराउन तत्पर छ।’
कार्यक्रममा डा.कृष्ण बोहराले लागुऔषधको सेवनले गर्ने अशरका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका अध्यक्ष एवं कटक भण्डारी फाउण्डेसनका अध्यक्ष गणेश भण्डारीले बिषेशगरी युवाहरु पछिल्लो समय लागुऔषधको सिकार बनिरहेका कार(ा यसको रोकथामका लागी सचेतनामुलक कार्यक्रम गरिरहेको बताए ।
उनले अभिभावकको आशालाई निराशामा नबदल्न ‘शन्देस नेपाल सुधारकेन्द्रमा रहेका युवालाई आग्रह गरे । ‘छोराछोरी विग्रेको वा गलत बाटोमा हिडेको कुनै पनि आमाबुवालाई राम्रो लाग्दैन,’ अध्यक्ष भण्डारीले भने, ‘छोराछोरी सुध्रेलान भनेर नै अभिभावकले ठुलो दुःख गरेर सुधारकेन्द्रमा राखेका हुन्छन्, सुधारकेन्द्रबाट उदाहरणिय बनेर बारिह निस्कन आग्रह गर्दछु ।’