काठमाडौँ। सरकारले प्रादेशिक स्तरको अस्पतालमा मुटुरोग तथा क्यान्सर रोगको निदान गर्न(सुपर स्पेसियालिटी) अस्पताल बनाउने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक स्तरको अस्पतालमा मुटुरोग तथा क्यान्सर रोगको निदान गर्न सुपर स्पेसियालिटी अस्पताल बनाइने बताएका छन् ।
‘प्रदेश स्तरको कम्तीमा एउटा अस्पतालमा मुटुरोगको शल्यक्रिया तथा क्यान्सर रोगको निदान हुनसक्ने गरी सुपर स्पेसियालिटी अस्पताल बनाइने छ,’ राष्ट्रपति पौडेलले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने । उनले यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गर्ने पनि बताएका थिए । त्यसैगरी सरकारले संक्रामक रोगविरुद्ध अभियान तथा नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।