दार्चुला। दार्चुलाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ। जिल्लाको दुहुँ गाउँपालिकाले उत्कृष्ट लोगो (छाप)बनाउनेलाई ३० हजार नगद सहित पुरस्कृत गर्ने भएको हो।
गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोगमा ल्याउने भन्दै उत्कृष्ट लोगो (छाप) बनाउनेलाई ३० हजार नगदसहित पुरस्कृत गर्ने गाउँपालिकाका सुचना अधिकारी विरेन्द्रराज जोशीले बताए। पुरस्कृत हुने व्यक्तिले गाउँपालिका भित्रका ऐतिहासिक, सामाजिक, धार्मिक लगायत पर्यटीय स्थल झल्कने गरी लोगो निर्माण गर्नुपर्ने बताइएको छ।
गत बैशाख २६ गते पहिलो पटक पालिकाको तर्फबाट एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउने इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न भनिएको थियो।हाल सम्म उक्त सुचना मार्फत कुनै पनि व्यक्ति तथा कम्पनीले लोगो निर्माणका लागि प्रस्ताव पेश नगरेको सुचना अधिकारी जोशीले जानकारी दिए। गाउँपालिकाले पुन दोस्रो पटक सुचना प्रकाशित गर्ने जनाएको छ। उतm सुचनाको म्याद १५ दिनको राखिने जोशीले बताए। लोगो निर्माण गरी गाउँपालिकाको इमेल ठेगानामा पठाउन सक्ने जनाइएको छ। पेश भएका मध्ये उत्कृष्ट लोगोलाई छनौट गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ।