धनगढी। कैलालीमा लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्ध धर्ना र बिरोध गरिएको छ। लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिती सुदुरपश्चिमले धर्ना र बिरोध गरेको हो। उनीहरुले धनगढी चौराहदेखी जिल्ला प्रशासन कार्यालय कैलालीको गेटसम्म धर्ना र बिरोध र्याली निकालेका हुन् ।
नव सामन्तीको रुपमा स्थापित लघुबित्तिय संस्थाहरु खारेज गर, लघुबित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक रिण मिनाहा गर, आम गरिब किसानहरुलाई निशुल्क रिण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्था गर, समाजवादी अर्थतन्त्रको बिकास गर लगायतको उनीहरुका माग छन्। यी मागहरु सरकारले छिटो भन्दा छिटो समाधान गर्नुपर्ने लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिती सुदुरपश्चिमकी उपाध्यक्ष सिमा कुश्मीले बताईन्।
जिल्ला प्रशासन अगाडी सम्बोधन गर्दै उनले बाचौँ बचाउँ र अघि बढौँ भन्ने उदेश्य सहित लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्ध सबै एक जुट हुन उनले आग्रह गरिन्। उनले हामी लघुबित्तिय पिडित, न्याय देउ सरकार, सरकार कहाँ छ, हामी यहाँ छौँ भन्दै नारा लगाएका थिए। उनले गाउँगाउँ, टोलटोलमा गएर सोझासाझा महिलालाई लघुबित्तिय संस्थाले झुक्याएर बिचल्लीमा पारेको धर्ना र बिरोध ¥यालीमा सहभागी लघुबित्त पिडीतहरुको भनाई छ । लघुबित्तिय संस्थाले बिभिन्न प्रलोभन र दबाव दिएर लघुबित्तिय संस्थामा रकम बचत गर्न लगाएर अहिले आफ्नो बचत रकम फिर्ता नदिँदा समस्यामा परेको उनीहरुको भनाई छ। सरकारले समयमै मागहरु सम्बोधन नगरेमा थप आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।