कञ्चनपुर। कञ्चनपुरमा प्रधानाध्यापकको कुटाईबाट बालिका घाइते भएकी छिन्। कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ३ स्थित जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक सरिता चौधरीको कुटाईबाट कक्षा २ की छात्रा आशा चौधरी घाइते भएकी हुन् ।
प्रधानाध्यापक सरिताले विद्यालयको बरण्डा सफा नगरेको भन्दै प्रधानाध्यापक चौधरीले २० विद्यार्थीलार्इ कुटपिट गरेकी थिइन् । उनीहरुमध्ये ८ वर्षिया बालिकालाई चोट लागेर आशा घाइते हुन पुगेकी छन्।बालिकाकी आमा रेखा चौधरीले आशाको हातमा चोट लागेर रगत निस्केको बताइन्। ‘सरसफाई नगरेको भन्दै प्रधानाध्यापकले बालबालिकामाथि कुटपिट गरेका छन्,’ उनले भनिन्, ‘छोरीको दुबै हातमा घाउँ भएको छ। रगत बगिरहेको छ ।’
कक्षा २ मा अध्ययनरत २० जना बालबालिकालाई प्रधानाध्यापकले कुटपिट गरेको स्थानीय प्रकाश चाधरीले बताए। ‘कक्षा दुईमा अध्ययनरत सबै बालबालिकाहरुलाई लाठीले हातमा हानेको रहेछ,’ उनले भने, ‘बालबालिकाहरु डराएका छन्, भोलिदेखि विद्यालयनै जादैनौं भन्दै छन् ।’ प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ । प्रधानाध्यापक सरितामाथि बिहीबार प्रहरीमा उजुरी दिने स्थानीयको तयारी छ। अनजानमा विद्यार्थीलाई चोटपटक लागेको प्रधानाध्यापक सरिताले बताइन्। ‘पहिलो प्रियडमा सबै बालबालिकाहरु हल्ला गरिरहेका थिए, दैनिक सरसफाई गर्ने रुटिन थियो,’ उनले भनिन्, ‘बालबालिकालाई सामान्य तरिकाले हानेको हो, डराउन मात्रै हानेको थिएन्, ती बालिकामाथि चोट लागेछ।’