धनगढी। धनगढीमा रहेको केजी अस्पतालले एक विज्ञप्ति जारी गर्दै डडेल्धुरा आलीताल गाउँपालिका–३ की ७० वर्षीया लक्ष्मी बोहराको अप्रेशन प्रकरणमा एक विज्ञप्ति जारी गरेको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै राम्रो गर्न खोज्दा नराम्रो भएको बताएको हो। बोहराको अप्रेशन प्रकरणमा गलत सूचना प्रवाह फैलाइएको बताएको छ ।
बैशाख ५ गते माथिल्लो पेट दुख्ने समस्या लिएर बोहोरा अस्पताल आएकी थिइन्। बोहोराको र चेकजाँच पछि पित्त थैलीमा पत्थरी देखिएको थियो। बैशाख ६ गते शल्यक्रिया गर्दा उक्त बिरामीको पित्तथैली वरीपरीको भागमा बोसोको पत्र टाँसिएको र बोसो हटाई पित्तथैलीको नलि काट्ने भागमा हेर्दा त्यहाँ पनि वरिपरीको अंग (बोसोको पत्र र सानो आन्द्रा) टाँसिएको/जलिएको भएकाले तत्काल जटिलता आउने सम्भावना रहेकोले केही समय पश्चात पुनः बिरामीको अवस्था हेरी शल्यक्रिया गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘बिरामीका आफ्न्तले आफु भारतमा बसोबास गर्ने भएकाले उतै गर्दा हुन्छ वा हुन्न भनि सोध्दा हुन्छ भन्ने सल्लाह दिएका हौँ । बिरामीका आफन्तले परेको हामी बेहोर्छौ छिटो अप्रेशन गर्नु भनेर दवाब दिदाँ पनि उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्यमा पर्न जाने असरलाई ध्यानमा राखी अप्रेसन रोकेका थिए।’ बिरामी र अस्पतालबीच भएको समझदारीको कमीको फाइदा उठाउँदै केहि खराब मानसिकता भएका व्यक्तिहरुले अस्पतालको नाममा आँच आउने क्रियाकलाप गरेको र बिरामीका आफन्तले पनि वास्तविक तथ्य नबुझेर धेरै ठाउँमा गलत सूचना प्रवाह हुन गएको अस्पतालका प्रवन्ध निर्देशक दिपक कुमार सिहँले बताएका छन्।उनले सम्पुर्ण पत्रकारलाई यो सुचना आधिकारिक रहेको र अस्पतालको गरिमामा आँच पुर्याउने कार्य कोही कसैले कुनै माध्यमबाट नगर्न नगराउन अस्पताल ब्यवस्थापन समिती सबैमा अनुरोध गरेका छन्।