बैतडी। बैतडीमा बालिका करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–१ का ७० वर्षीय वृद्ध करणीको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय पाटनले पिडितकी आमाले दिएको जाहेरी दरखास्त अनुसार प्रहरीले ती वृद्धलाई पक्राउ गरिएको जनाएको छ।
वृद्धले अपाङ्गता (बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई पुष महिनामा बलात्कार गरेको घटना बाहिरिएको हो । १४ वर्षीया बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएकाले घरमा जानकारी नगराएको पिडीतले बताएका छन्। फुपुको घरमा गएर फुपुलाई भनेपछि घटना बाहिरीएको हो। वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको जनाइएको छ।