धनगढी। डोटीमा महिला मृत अवस्थामा भेटिएकी छन्। मंगलबार जिल्लाको जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल मृत भेटिएको प्रहरीले जनाएको छ । बिहान नजिकैको जंगलमा स्याउला ल्याउन गएकी उनी घर नफर्कीएपछि परिवारले खोजी गरेका थिए ।
सोही क्रममा उनी घरदेखि करिब साढे २ किलोमिटरको दुरीमा रहेको भिरमा लडेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यलय बिपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले बताए । उनको शव परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। मृतक महिला गर्भवती थिईन्।