डोटी। डोटीको बडिकेदार गाउँपालिकामा तालाबन्दी गरिएको छ। नेकपा (विप्लव) माओवादी निकट नेपाल कम्युनिस्ट पार्टी दक्षिण जिल्ला संगठन समिति डोटीले तालाबन्दी गरेको हो।
यसअघि फागुन १२ गते विभिन्न १२ बुदेँ मागसहित बुझाएको ज्ञापनपत्रको माग सम्बोधन नभएको र बेस्वाता गरिएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको बताइएको छ । बुधबार दिउँसो उक्त समुहले दिपेन्द्र जेठाराको संयोजकत्वमा तालाबन्दी गरेको हो। उनीहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायत १२ माग अघि सारेका थिए। सो समस्याहरू समाधान गर्नुपर्ने माग नेकपाले राखेको छ।