कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरकी एक महिला गत चैत २४ गतेबाट बेपत्ता भएकी छन् । परिवारका अनुसार घरबाट घाँस काट्न निस्केकी ८१ वर्षिया लोकमाया खत्री बेपत्ता भएकी हुन् ।
गत चैत्र २४ गते हराएकी लोकमायालाई खोजी दिन प्रहरीमा निवेदन दिएको ९ दिन हुदा पनि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । लोकमायाको मानसिक सन्तुलन अलि ठिक नभएको परिवारजनले बताए ।
परिवारले ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपि गणेश बरालका अनुसार लोकमायाको खोजीका लागी प्रहरी निरन्तर लागीरहेकोे छ । परिवारले निवेदन दिएपश्चात देखी नै खोजी कार्य जारी रहेको उनको भनाई छ।