धनगढी : धनगढीमा उपचारका लागी अस्पताल पुगेका एक बृद्धको पेटमा रक्सीको क्वाटर फेला परेको छ । जिल्लको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागी पुगेका एक पुरुषको पेटमा भोड्का रक्सीको क्वाटर फेला परेको हो ।
धनगढी उप महानगरपालिका फुलबारी ‘एच’ गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो। पेटमा कसरी बोतल पुग्यो भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।