धनगढी : धनगढी स्थित सौभाग्य हस्पिटलले एक साता निशुल्क ओपिडी सेवा दिन लागेको छ । आजदेखी एक साता निशुल्क ओपिडी सेवा दिन लागेको अस्पताल सञ्चालक समिति दिनेशराज जोशीले जानकारी दिए । यहाँका बिरामीहरुलाई अस्पतालसम्म सहज पहुँच होस भन्ने उद्देश्यले निशुल्क ओपिडी सञ्चालन गरेको अध्यक्ष जोशीले बताए ।
सौभाग्य हस्पिटलले बिषेसज्ञ सेवा सहित धनगढीको मुख्य सडक पुरानो भन्सार रोड जाने बाटो नजिकै सञ्चालनमा आएको हस्पिटलले २५ शैयाबाट सेवा शुरु गरेको थियो । अध्यक्ष जोशीका अनुसार अस्पतालले सस्तो र सर्वशुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
यस्तै अस्पतालले बिभिन्न ठाउँमा स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरिरहेको छ । साथै अस्पतलले मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सेवा पनि दिने छ । बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायतको बिशेषज्ञ सेवा दिइरहेको अध्यक्ष जोशीले बताए । उनका अनुसार अस्पतालमा आईसियु, एनआईसियुलगायतका सेवाहरु पनि रहेका छन् ।