धनगढी । सुदूरपश्चिममा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको कोरोना परिक्षणमा कैलाली र कञ्चनपुरका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
तीन सय एक जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा कैलालीका तीन जना र कञ्चनपुरका एक जनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको कोरोना परिक्षण गरेको थियो । सुदुरपश्चिममा पछिल्लो समय कोराना संक्रमण बढ्दै गइरहेको छ। भारतबाट नेपाल भित्रिनेमा पनी कोरोनाको बढी जोखीम रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएकोे छ।