डोटी। सिताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटीमा नेविसंघको प्यानल निर्विरोध निवार्चित भएका छ। अन्य कसैको उम्मेदवारी नपरेपछि नेबिसंघका उम्मेदवारलाई निर्बाचन समितीले बिजयी घोषणा गरेको हो । जसको सभापतीमा उमेश बलायर, सचिबमा मनिषा कुमारी भट्ट र कोषाध्यक्षमा ललित बहादुर साउँद रहेका छन ।
उक्त क्याम्पसमा तीन बिधार्थी संगठन दर्ता भएपनी सभापतीमा नेबिसंघ र अनेरास्वबियुले उम्मेदवारी दिएका थिए । तर दाबी बिरोधमा अनेरास्वबियुका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि नेबिसंघका उम्मेदवारी निर्बिरोध बिजयी भएको क्याम्पस प्रमुख चेतराज भट्टले जानकारी दिए । उक्त क्याम्पसमा ५८ मतदाता रहेका थिए ।