बैतडी। बैतडीको शिवनाथ गाउँपालिकामा लुम्पी भाईरल रोग फैलिएको छ। बैतडीको शिवनाथ गाउँपालिका २, जोलापानी बस्कोटी बस्तीका गाई,गोरुमा लुम्पी स्किन डिजिज भाईरलु रोग फैलिएको हो।अहिलेसम्म ४० वटा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिए।
गाउँपालिकाको जोलापानी आसपासमा लुम्पी स्किन डिजिज भाईरलबाट गाई गोरु बढी सङ्क्रमित भएका छन्।पशु शाखा प्रमखु प्रकाशसिंह साउदले यो रोग लाग्दा पशुलाई ज्वरो आउँने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिंगान काँड्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुनो गाईले दूध कम दिने र गर्भीर्णी पशु तुहिने समस्या देखा पर्ने बताए। रोगको सङ्क्रमण फैलिन नदिन प्राथमिक उपचार सुरु गरिए पनि रोग नियन्त्रण बाहिर पुगेको उनले बताए।
सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन नभएको जनाईएको छ। यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सवैमा अपिल गरेका छन्। पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका अनुसार रोग नियन्त्रणका लागि बैतडीमा कुनै भ्याक्सिन छैन। लुम्पी भाईरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । त्यसपछि चितवनमा देखा परेको लुम्पी रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाईएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाई, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने सुझाब दिइएको छ।