बैतडी। बैतडीमा मजदुरीले तीन वर्षसम्म ज्याला पाएका छैनन्। बैतडीको सिगास गाउँपालिका ६ को गुगूड्याधारमा निर्माण भइरहेको नेपाल टेलिकमको टावरमा काम गरेका मजदुरले तीन वर्षसम्म ज्याला नपाएका हुन् ।
बैतडीको सिगास गाउँपालिका वडा नं ६ का मानसिंह धामीले तीन वर्ष पहिले नेपाल टेलिकमको टावरमा मजदुरी गरेको ज्याला अहिले सम्म नपाएको बताए।
आफुले नेपाल टेलिकमको टावरमा काम गरेको करिब १६ हजार रुपैँया अझै नपाएको उनको भनाइ छ। नेपाल टेलिकमको टावरमा काम गरेका धामीले सबै कामदारले ज्याला पाएको तर आफुले नपाएको बताएका छन्। तीन वर्ष पहिले भारतीय ठेकेदार निशान्त शर्माले काम गराएको टावरमा मानसिंहले पनि काम गरेका थिए। ठेकेदारले काम गरेका मजदुरहरुको ज्याला अहिलेका वडा अध्यक्ष तेज साउदलाई नेपालगञ्ज बोलाएर दिएका थिए।
वडा अध्यक्षले आएर अन्य मजदुरको ज्याला दिएपनि आफनो मात्रै नदिएको उनले बताए। वडा अध्यक्ष तेज साउदले भने आफुलाई नेपालगञ्ज मगाएर ठेकेदारले २७ जनाको ज्याला दिएको तर उनी छुटेकोले पहल भइरहेको बताए। काम गराउने ठेकेदार अहिले सम्पर्क विहिन छन्। ज्याल माग्न फोन गर्दा ठेकेदारले नउठाएको मानसिंहले बताए। घर खर्च चालाउन का गरेको भएपनि ज्यला नपाँउदा अहिले समस्या भएको उनको भनाई छ। वडा अध्यक्षले अहिले पनि ठेकेदार संग छुटेका मजदुरको ज्यालाका लागि कुरा भइरहेकाले आफु काम गरेको पारिश्रामिक दिलाउने बताएका छन्।