डोटी। डोटीमा भएको जिप दुर्घटनामा परि घाइते भएकी एक महिलाको मृत्यु भएको छ। मङ्गलवार बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ बर्षिया धौली देवी बिस्टको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रहरीका अनुसार कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मङ्गलवार साँझ उनको उपचारका क्रममा मृत्यु भएको हो। उनीसहित दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि आजै नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो ।नेपाली सेनाको (एनए-०६१) हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज नेपालगन्ज रेफर गरिएको थियो । घाइते बोहराको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मङ्गलवार बिहान डोटीको दिपायल सिलगढी नगरपालिका-६ सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र.०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर मङ्गलवार दुर्घटना भएको थियो।सोही दुर्घटनामा परी घाइते भएका अन्य ५ जनालाई पनि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की घाइते २९ बर्सिया टङ्क कुमारी उपाध्याय, मान बहादुर बिष्ट, २४ बर्सिया दुर्गा देवी बिस्ट, डेढ वर्षीय बालक सिर्जन बिस्ट, बड्डी केदार गाउँपालीका १ का ४९ वर्षीय जनक बमलाई एम्बुलेन्सबाट नेपालगन्ज पठाइएको हो।