धनगढी। डोटीमा जीप दुर्घटनामा परी ४ जना यात्रु घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढी स्थित अदालत मोडमा जीप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक देबेन्द्र राज जोशीका अनुसार सिलगढी देखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको फोर्स जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। ७ जना मध्ये गम्भीर अवस्थाका दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीय धौली देवी बिस्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जोशीले बताए।
यस्तै अन्य घाईते दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की २४ वर्षीया दुर्गादेवी विष्ट, २९ वर्षीया टंक कुमारी उपाध्याय, १ बर्षय सिर्जन बिष्ट, बड्डी केदार गाउँपालीका १ का जनक बिष्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का मान बहादुर बिष्ट रहेका छन्।अहिले घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ओभर स्पीडका कारण दुर्घटना भएको उनले बताए। जिप सडकदेखि ५० मिटर तल खसेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।