डडेल्धुरा। डडेल्धुरामा बंदेलले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–३ गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको बदेलको आक्रमणबाट मृत्यु भएको हो। पल्ले आइतबार बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणमा परेका थिए। डडेल्धुरामा बंदेलको आतङ्क बढेको छ।
डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। बदेलको आक्रमणले पल्लेको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्। डडेल्धुराका स्थानिय बिश्नु भट्टले नागरिकको बाँच्न पाउने अधिकार सरकारले ब्इव्स्था गर्नुपर्ने बताए ।
उनले भने, नागरिकको बाँच्न पाउने अधिकारको सम्पुरक अधिकार भित्र खाध्य सुरक्षाको अधिकार रहेको हुन्छ,खाध्यसुरक्षाको प्रबन्ध गर्दागर्दै जिवजन्तु संगका द्वन्दका घट्ना बढ्ने क्रममा देखिएका छन।,नागरिक भन्दा पनि बन्य जन्तु रपशुको अधिकारमा जटिल र सुरक्षा संयन्त्र राष्ट्रिय निकुञ्ज देखि आरक्ष बिस्तारमा राज्यको उपस्थिति कडा पारिएको हेर्दा आफ्नो नागरिक प्रति राज्य जवाफदेहि नदेखिको सवाल रहेको बताए । उनले भने, अबको मानब अधिकारको गम्भीर सवाल बन्नु जरुरि रहेको छ।