धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले साझा प्रतिनिधिका रुपमा काम गर्ने बताएका छन्। आइतबार विश्वासको मत लिएका मुख्यमन्त्री शाहले प्रदेशका हरेक समस्या, प्रदेश संरचनाका समस्याका बारेमा राम्रोसँग बुझेको बताउँदै सबैसँग हातेमालो गर्दै साझा प्रतिनिधिका रुपमा काम गर्ने बताएका हुन्।
उनले प्रदेश र संघको बिचको असमझदारीका बारेमा अध्ययन गरेको र प्रदेश सरकारको समग्र पक्षमा रहेर काम गर्ने बताए। यसअघि एमालेको सरकारबाट जनताले राजनितीक स्थायित्व तथा प्रदेश बिकासको आशा राखेको भएपनी त्यो बातावरण नबनेपछि अब जनतालाई भरोसा र बिश्वासको बातावरण सिर्जना गरी काम गर्ने दाबी गरे । उनले आफूले भ्रष्टाचारविरुद्ध र सुशासन स्थापनका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैको साझा मुख्यमन्त्री भएर काम गर्ने उनले बताए।
उनले नागरिक उन्मुक्तीबाट पनी बिश्वासको मत पाएको बताउँदै पावरसेयरिङ कुरा केन्द्र तह तथा शिर्ष नेताबिचको छलफलपछि टुङ्गीने उनले बताए। सरकार बिस्तार गर्ने कुरा सबैलाई मिलाएर र सहभागी भएर लैजाने उनले बताए। उनले संघीयतालाई मजबुत बनाउने गरी काम गर्ने विश्वास पनि व्यक्त गरे। प्रदेश र संघीयताका बारेमा आएका नकारात्मक कुरालाई निस्तेज पार्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अठोट पनि गरेका छन्। नेपाली काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका हुन्।जम्मा खसेको ५२ मतमा मुख्यमन्त्री शाहको पक्षमा ४१ मत खसे। जसमा बिपक्ष जम्मा ११ मत खसेका थिए।