धनगढी। यस बर्ष २०७९ को नेपालीहरुको महत्वपूर्ण चाड होली आइसकेको छ। यही फागुन २२ गते सोमबार पहाडी जिल्लाहरुमा र २३ गते मंगलबार तराईका जिल्लाहरुमा मनाउने गरी सरकारले विदा समेत दिइसकेको छ।
पछिल्लो समयमा होली पर्व व्यापक रुपमा मनाउन थालिएको र रंगको पर्वको रुपमा मनाइने यस पर्वमा विभिन्न किसिमका रग अविर हरु दलेर खुशीयालाी साट्ने चलन छ। साथै यो पर्व गर्मी शुरु हुने समयमा पर्दछ र होली पछि व्यापक गर्मी समेत हुने गर्दछ। यसरी रंग र गर्मी गरी २ बटा कुराहरु यस पर्वमा समेटिएका हुन्छन्, ती दुवै कुराले खाद्य स्वच्छतामा नकारात्मक असर पर्ने हुन्छ।
साथै रमाइलेको लागि मासु र मदिरा पदार्थको समेत व्यापक खपत हुने गर्दछ। अत यस पर्वको समयमा तत्काल फुड पोइजन हुने र दीर्धकालमा रंगको सेवनबाट क्यान्सर सम्म हुन सक्ने अत्यधिक संभावना हुने भएकोले तपसील बमोजिमको बुदाहरुमा बिशेष ध्यान दिनुहुन सम्पूर्ण उपभोक्ताहरुमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ी हार्दिक अपील गर्दछ।
१. होली पर्व मनाउंदा प्रयोग गरिने रंगप्रति विशेष सावधानी अपनाउने । रंग लगाउंदा निधारमा सानो भागमा थोरै लगाएर मनाउनु राम्रो मानिन्छ । आंखा, मुख, नाक, कानको संसर्गमा रंगलाई नल्याउने । किनकी होलीमा प्रयोग हुने रंग विषालू प्रकृतिको अखाद्य रंग हो र शरीरको खुला अंगबाट विस्तारै शरीरभित्र प्रशेव हुन गएमा यसले स्वास्थमा गम्भीर असर गर्छ, । प्राय यस प्रकारको केमिकलले दीर्धकालमा क्यान्सर हुने अत्यधिक सम्भावना रहन्छ ।
२. होलीको बेला सकभर खुलारुपमा सडक पेटीमा तयार तथा विक्री हुने खाद्य तथा पेय पदार्थ उपभोग नगरौ । यस्तो वेला घुवां, धुलो, झिंगाको संकम्रणका साथै रंग तथा दुषित पानीको समेत संक्रमण हुने र तत्काल फुड पोइजन हुन सक्दछ ।
३. मासुजन्य परिकारहरु तयार गर्दा तयार गर्ने तेल ताजा भएको यकिन गर्ने, सकभर कम तारेका र मरमसलाहरु कम प्रयोग गरेका मासुजन्य पदार्थहरु उपभोग गर्ने ।
४. स्थानिय स्तरमा तयार गरेका घरेलु मदिराजन्य पदार्थहरु उपभोग गर्दा विशेष सावधानी अपनाउने ।
५. सलाद, सादेको अचार जस्ता खाद्य तयार गर्दा कच्चा पदार्थ सफा पानीले राम्रोसंग धुनेर काट्ने चपिंग बोर्ड चक्कु लगायत प्रयोग गर्ने भाडाकुडाहरु र कामदारले आफ्नो हात राम्रोसंग साबन पानीले धोएरमात्र काम गर्नुका साथै तयार गरेको २ घण्टा भित्रमा उपभोग गरिसक्ने ।
६. सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थहरु खरीद गरौ र खरीद गर्दा लेबल विवरण अनिबार्य हेर्ने बानी बसालौर लेबल संलग्न नगरेका तथा लेबल संलग्न गरेकामा रिलेबलिंग गरेका, उपभोग्य अवधि गुज्रीसकेका र खाद्य अनुज्ञापत्र नम्बर उल्लेख नगरेका खाद्य तथा पेय पदार्थहरु खरीद तथा उपभोग नगरौ ।
साथै खाद्य स्वच्छता सम्वन्धमा उजुरी गुनासो गर्नुपरेमा यस कार्यालयमा वा तपसिलका डिभिजन कार्यालयमा वा स्थानीय प्रशासनमा वा स्थानीय निकायमा वा सुरक्षा निकायमा उजुरी गर्नुहुन सम्पूर्ण उपभोक्ताहरुमा अपील गरिन्छ।तपसील