कञ्चनपुर। कञ्चनपुरस्थीत महेन्द्रनगर बजारबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। अवैध लागूऔषध चरेश मुद्दाका फरार कसुरदार कञ्चनपुरको भिमदत्त नगरपालिका –१८का बिरेन्द्र बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले २०७९माघ १६ गते १ बर्ष ३ महिना कैद सजाय र १२ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । उनी सोहि दिनबाटै फरार थिए। फैसलापछि फरार रहदै आएका उनलाई आज (बुधबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। चन्दलाई भीमदत्त नगरपालिका–४ बजार क्षेत्रमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो। चन्दलाई आजै अदालतमा पेश गरिएको थियो। अदालतबाट तोकिएको सजाय भुक्तानको लागि चन्दलाई कारागार चलान गरिएको छ।