धनगढी। धनगढीस्थीत नवजीवन अस्पताल प्रालीले आज १७ औँ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ। २०६२ साल फागुन १७ गते १५ शय्या अस्पतालको स्वीकृति लिई सञ्चालन भएको नवजीवन अस्पताल सुदूरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो।
१७ औँ वार्षिक उत्सवको अवसरमा बुधबार अस्पतालले बिरामीलाई फलफूल वितरण, रक्तदान कार्यक्रम, सबै बिरामीका लागी ओपिडी टिकट फ्रि तथा ल्याब परीक्षणमा १२ प्रतिशत छुट दिइएको अस्पतालले जनाएको छ। सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यक्रमको आयोजना गरिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन्। उनले सुदुरपश्चिममा धेरै अस्पताल रहेपनी नवजिवन अस्पतालले बिरामीका लागी न्युनतम शुल्कमा फरक तथा गुणस्तरीय सुविधासहित चिकीत्सकिय सेवा प्रदान गर्दै आइरहेको बताए ।नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमका बिच बिरामीलाई फलफुल बितरण, ३० भन्दा बढी जनाले रक्तदान तथा रक्तदान गर्नेलाई कर्मचारी तथा अतिथीलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ। यस्तै अस्पतालले १०० पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाता दिपक उपाध्यायलाई सम्मान र प्रमाणपत्र बितरण गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बिदुरमणी ढकाललगायत अस्पतालका डाक्टरहरुले उनलाई सम्मान गरेको सिइओ खडायतले जानकारी दिए ।
अस्पतालले आफ्नै पहलमा र नेपाल सरकारसँगको सहकार्यमा ठुला तथा साना संख्यामा स्वास्थ्य शिविर, आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, क्षयरोगको निशुल्क औषधी बितरण, स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्दै आएको अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणी ढकालले जानकारी दिए। साथै अस्पतालले केही दिनमै इमरजेन्सी फाँटबाट सिटीस्क्यान जडान गरेर सेवा प्रदान गरिने जानकारी दिए। नवजिवन अस्पताल २०६८ सालबाट स्वास्थ्य बिभाग काठमाण्डौँबाट ५० शैय्याको संचालन स्वीकृती लिई संचालनमा रहेकोमा यसै आर्थिक बर्षबाट १०० शैय्यामा स्तरोउन्नती गरिएको उनले बताए। उनले कोभिड संक्रमण नियन्त्रणमा पनी श्रोत साधनले भ्याएसम्म भरपुर प्रयास गरेको र सो समयमा देखीएको अक्सिजन अभावलाई मध्यनजर राख्दै दिर्घकालीन रुपमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइएको जानकारी दिए। आगामी दिनमा नवजिवन अस्पताल बिरामीको बिश्वास कायम राखी थप सशक्त रुपमा अघि बढ्ने बिश्वास दिलाएका छन्।नवजिवन अस्पतालले अस्पतालजन्य सेवाकासाथै अन्य शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गरेको जनाएको छ। यसै बर्षबाट ४० जना विद्यार्थीलाई पिसिएल नर्सिङ्ग गर्ने अनुमती पा्रप्त गरेको अस्पतालले जनाएको छ। अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको छ।यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,मुटुरोग विशेषज्ञ डि एम कार्डियोलोजी, बरिष्ठ छाला चर्मरोग, एलर्जी, यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल तथा बरिष्ठ फिजीयोथेरापी प्रत्येक दिन सेवा प्रदान गरिरहेकोे छ । रेडियोलोजी सेवा, रंगिन भिडीयो एक्सरे सेवा लगायत आइसियु एनआइसियु डायलासिस, स्वास्थ्य बिमा सेवा प्रत्येक दिन २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ । बरिष्ठ नेफोलोजि, डायलासिस बिषेशज्ञ हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ। साथै इमरजेन्सी सेवा र औषधी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी दिएको छ। आर्थिक बर्ष २०७८ फागुन देखी २०७९ माघ महिनासम्म अस्पतालले ईमरजेन्सीबाट ५ हजार ८ सय ९८ जनाले स्वास्थ्य सेवा पाएका छन् । यस्तै बहिरंगबाट २८ हजार ६ सय ५७ जना, ३ हजार ५६ जनाको शल्यक्रिया,प्याथोलोजी ल्याब परिक्षणमा ३६ हजार ५ सय ५३ जना, अन्तरंगमा भर्ना भएका १२ हजार ५ सय ५२ जना, बिरामी बसेको ३९ हजार ७ सय ३९ दिन, निशुल्क सुत्केरी सेवा लिएका बिरामी संख्या १ हजार १ सय ६५ जना, निशुल्क खोप सेवा लिएका बालबालीका १ हजार ८ सय ११ जना निशुल्क हेल्थ सेवा तथा बिभिन्न स्वास्थ्य शिविरबाट ५ हजार ४ सय ११ जना बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।