बैतडी। बैतडीमा शिक्षकले एक जना वडा सदस्यलाई कुटपीट गरेको आरोप लागेको छ। बैतडीको सिगास गाउँपालिका ६ स्थित गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्णबहादुर साउँदलाई कुटपिट गरेका हुन्।
सेरा लेकम सिँचाई सिचाई योजनाको बारेमा विवाद हुदा शिक्षक महेन्द्रले वडा सदस्य सोमबार कृष्णमाथी कुटपिट गरेको गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताइन्। वडा सदस्य साउँदले टाउको र औँलामा चोट लागेको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको बताए। उनले सेरा लेकम सिँचाइ आयोजनाको बिषयमा म माथि कुटपीट भएको बताए। वडा अध्यक्ष तेजबहादुर साउँदले आफू काम विषेशले धनगढीमा रहेका छन्।
कार्यबहाक अध्यक्षको रुपमा कृष्ण बहादुर साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताए ।घटनाको बिषयमा जानकारी भएको र वडा अध्यक्ष धनगढीबाट फर्कीसकेपछि सो बिषयमा छलफल गरिने गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले बताइन्। आरोपित शिक्षकलाई घटनाको बिषयमा पटक पटक फोन गर्दा समेत फोन रिसिभ भएन्। प्रहरीले सो बारेमा आफुलाई केही जानकारी नभएको जनाएको छ।