बझाङ। बझाङमा २ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका –७ का एक ६८ वर्षीय पुरुषलाई २ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेको प्रहरीले जनाएको छ।
ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी हुन्। फागुन १२ गते साँझ आफू घरबाट डेढ सय मिटर टाढा रहेको धारामा भाँडा धुन गएका बेला बालिकाको बलात्कार भएको उनले बताएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तको खोजी भइरहेको बताए।