काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो। संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो।
साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो। सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो।