बैतडी। बैतडीमा साथीहरुसँग वनभोज गएका एक जना युवक मृत अवस्थामा भेटिएका छन् । बैतडी दशरथचन्द नगरपालिका–१० खडेनी घर भएका जीवन बुडाल दशरथचन्द नगरपालिका ६ चौलानी नदी किनारमा मृत अवस्थामा भेटिएका हुन् ।
शनिवार दिउँसो साथीहरुसँग बनभोज गएका बुडाल शनिबार राति ९ बजे चौलानी नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म बनभोज खान गएको खबर आएको दशरथचन्द नगरपालिका–६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए । बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।