धनगढी। सुदुरपश्चिममा बिशेषज्ञ र फरक चिकित्सकीय उपचार सहित धनगढीमा सौभ्याग्य हस्पिटल प्राली एण्ड रिर्सच सेन्टर सञ्चालनमा आउन लागेको छ । प्रदेशमा सुबिधासम्पन्न स्वास्थ्य उपचारसहित नयाँ र फरक उपचार सेवासुबिधा प्रदान गर्ने उदेश्यले धनगढी २ चौराहस्थीत पुरानो भन्सार रोड नजिक उक्त हस्पिटल सञ्चालनमा आउन लागेको हो।
करिब १ बर्ष अवधिमा निर्माण सम्पन्न भएर सञ्चालनमा आउन लागेको हस्पिटलको आज शुभ साँईतको अवसरमा पुजाआजा गरिएको छ । अस्पतालका अध्यक्ष दिनेश राज जोशीले अस्पताल सुबिधासम्पन्न सेवासुबिधा रहने भएपनी नयाँ र फरक उपचार सेवा प्रदान गर्ने उदेश्य रहेको बताए। उनले हस्पिटल केही दिन भित्रै सञ्चालनमा आउने बताउँदै सुदुरपश्चिममा रिसर्च सेन्टर, हेपाटाइटिस ए,फिजीयो थेरापी सेवा नभएको अवस्थामा यी लगायत अन्य उपचार सेवा प्रदान गरिने जानकारी दिए।
बिरामीलाई नयाँ प्रबिधिबाट सजिलै उपचार सेवा प्रदान गरिने र सहजिकरणका लागी मनोपरामर्श जस्ता कृयाकलापलाई जोड दिएको बताए । अस्पतालमा बालरोग बिशेषज्ञ, महिला रोग बिशेषज्ञ, हड्डी रोग बिशेषज्ञ, फार्मेसी, ल्याब, आइसियु, जनरलवार्ड, क्याबिन, भेन्टीलेटर लगायतका सुबिधा रहेको हस्पिटलका अध्यक्ष जोशीले बताए । साथै उनले तत्काल २५ शैय्याबाट सुरु गरिएको अस्पताल १०० शैय्या बनाउने योजना रहेको बताएका छन्।
यस्तै सौभ्याग्य हस्पिटल प्रालीका बजार ब्यवस्थापन तथा योजना बिभागका सह संयोजक डम्बर सिँह कडायतले सुदुरपश्चिम प्रदेशको राजधानीको रुपमा रहेको मुख्य केन्द्र धनगढीमा स्वास्थ्य सेवा दिने उदेश्यले हस्पिटल सञ्चालनमा आएको उनले बताए । उनले यस्का साथै सुदुरपश्चिमका दुरदराजका बिरामीलाई स्वास्थ्य उपचार सेवा दिने र सक्ने जती सेवा सुबिधा दिने उनको भनाई छ । उनले सरकारी अस्पतालमा बिभिन्न झन्जट बेहोनुपर्ने भएपनी सौभ्याग्य हस्पिटल लगायतका अस्पतालले स्वास्थ सेवा प्रदान गर्न सहयोग मिल्ने बताए।