कैलाली। कैलालीमा प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नंम्बर ११ मा रहेको सरस्वती माध्यमिक बिद्यालयका प्राध्यानाध्यापकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका हुन्। एक विद्यालयका प्रधानाध्यापक राम बहादुर पार्किले कक्षा ८ मा पढ्ने किशोर रोशन बिकलाइ निर्घात कुटपिट गरेका हुन।
दुई समुह बिच विद्यालय परिषर बाहिर भएको ग्याङ फाईटका कारण प्रधानाध्यापकले आफुलाई कुटेको पिडित विद्यार्थी विकले बताए। घाईते विद्यार्थी बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भैरहेको छ। घाईते बिद्यार्थीले आफुलाई लठ्ठी र ईट्टाले कुटपिट गरिएको बताएका छन् भने प्रधानाध्यापक पार्किले आफुले विद्यार्थीलाई नकुटेको बताएका छन्। उनले आफुले ग्याङ फाईटको विषयलाई लिएर ति विद्यार्थीलाई सम्झाएको बताएका छन्।