धनगढी। धनगढीको नवजीवन अस्पतालले १७ औँ वार्षिक उत्सवको अवसरमा बिभिन्न कार्यक्रम गर्ने भएको छ। अस्पतालले वार्षिक उत्सवको अवसरमा फाल्गुन १७ गते सबै बिरामीकालागी ओपिडी टिकट फ्रि गर्ने भएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन्।
यस्तै सोही अवसरमा सबै बिरामीकालागि ल्याव परिक्षणमा १२ प्रतिशत छुट दिइन लागेको जानकारी दिए। यस्तै १७ औँ वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम, बिरामीलाई फलफुल बितरण, मानव सेवा आश्रमका सबैलाई निशुल्क उपचार, रक्तदान गर्न आउन आह्वान गरिएको र रक्तदान गर्नेलाइ प्रमाणपत्र दिने जानकारी दिएका छन्। अस्पतालले बिगतसमय देखी बिभिन्न रोगको परिक्षण तथा बिशेषज्ञ सेवासहित उपचार गर्दै आएको छ।
२०६२ साल फागुन ११ गते १५ शैया अस्पतालको स्वीकृती लिई नवजिवन अस्पताल सुदुरपश्चिम प्रदेशको पहिलो निजी अस्पताल हो। अक्सीजन अभाबलाई मध्यनजर राख्दै आफ्नै लगानीमा अस्पताल प्राङगणमा अक्सीजन प्लान्ट स्थापना गरेको र अस्पताल जन्य सेवा प्रदान गर्दै आइरहेको छ। यस्तै अस्पतालबाट बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक दिन, प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।