धनगढी : धनगढी रंगशालामा जारी अन्तर विद्यालय CCS+2 कप फुटवल प्रतियोगिताको उपाधी तेघरी स्थित सैनिक आवासिय माहाविद्यालयले जितेको छ । आज सम्पन्न फाइनल खेलमा अत्तरियाकै सत्यबती एकेडेमीलाई ५.१ ले पराजित गर्दै सैनिक माहाविद्यालयले सो उपाधि हात पारेको हो ।
२९ बिद्यालय सहभागी प्रतियोगिताको बिजेता सैनिक आवाशिय महाबिद्यालयले नगद ३० हजार पुरस्कार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेता सत्यवती एकेडेमीले नगद १५ हजार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी गरि थप बिधामा समेत खेलाडी छनौट गरि पुरस्कार प्रदान गरिएको थियो ।
पढाइ संगै बिद्यार्थीहरुलाई खेलकुद र मनोरञ्जन संग जोडन र विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न एवम पछिल्लो समय बिद्यालय स्तरका खेलकुद प्रतियोगिताको आयोजनामा कमि भैरहेको सन्दर्भलाई ध्यानमा राख्दै+2 स्तरको प्रतियोगिता मार्फत बिद्यार्थीहरुलाई खेलकुद संग जोड्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक एबम CCS+2 का प्रधानाध्यापक तिर्थराज फुलाराले बताए ।
प्रथम पटकको प्रयालसे केही सिकाई भएको बताउँदै CCS+2 का प्रबन्धक निर्देशक शैलेस सिहंले आगामी दिनमा थप व्यवस्थित गरि प्रतियोगितालाई +2 स्तरको देशकै उत्कृष्ट प्रतियोगिताका रुपमा अघाडी बढाउने उद्धेश्य रहेको बताए । अखिल नेपाल फुटबल संघ कैलाली संगको सहकार्यमा भएको प्रतियोगिता १० दिन सम्म संचालन भएको थियो ।