कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी नाकाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। सदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी केनाईन शाखाबाट तालिम प्राप्त कुकुर, कञ्चनपुरको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जना पक्राउ गरेको हो।
तालिम प्राप्त कुकुरद्वारा चेकजाँचका क्रममा भिमदत्त नगरपालीका ६ का प्रेम राज जोशीले चलाई राखेको सु.प.प्र.३७४२ नम्वरको होण्डा साईनलाई चेकजाँच गर्दा पछाडी सवार पुकार पाण्डेयको साथबाट लागुऔषध भेटिएको हो। कञ्चनपुर बेदकोटका ९ बर्षिय पाण्डेयको साथबाट २ दशमलव ३० ग्राम चरेश,कोरेम्स सिसि थान १, स्पास थान १० क्याम्पसुल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबै जना माथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुर सहित प्रहरी टोली खटाइएर नेपाल-भारत गड्डाचौकी सिमानाकाबाट हुन सक्ने लागु औषध तस्करी, बिष्पोटक पदार्थ र अबैध समान ओसार पसार नियन्त्रण गर्न लागीएको प्रहरीको भनाई छ।