धनगढी : नेकपा एमालेका सचिव लेखराज भट्टले राष्ट्रपतिमा एमालेकै उमेदवारमा राष्ट्रिय सहमती हुने दावी गरेका छन् । प्रधानमन्त्री पुस्पकमल दाहालले भने अनुसारकै राष्ट्रिय सहमती हुने उपयुक्त पात्र एमालेबाटै छनौट हुने भट्टले दावी गरेका हुन् ।
कैलालीको अत्तरिया स्थित आफ्नै निजि निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले राष्ट्रिय सहमती हुने खालको पात्र एमालेमै रहेको बताएका हुन् । माओवादी केन्द्रले निर्णयनै गरेर राष्ट्रिय सहमती खोज्ने भनेको छ, प्रधानमन्त्री ज्युलेपनि राष्ट्रिय सहमतीनै भनिराख्नुभाछ भट्टले भने “प्रधानमन्त्री ज्युले एमालेकै उमेदवारमा राष्ट्रिय सहमती भन्नुभाको होला त्यस्तो उमेदवार हामीसंग हुनुहुन्छ, राष्ट्रिय सहमती भनेको सबैले स्वूकार्ने त हो सबैले स्वूकार्ने ब्यक्ती एमालेमै हुनुहुन्छ र एमालेकै उमेदवार राष्ट्रपति बन्नुहुन्छ ।”
भट्टले गठबन्धन फुट्छकी भन्ने बिरोधीहरुले हल्ला फैलाएको बताउँदै यही गठबन्धन ५ बर्ष कायम रहने दावी गरे । राष्ट्रिय हित नचाहानेहरु गठबन्धन फुट्छ भनेर हल्ला फैलाइ राख्नुभाछ तर त्यो हल्लामै सिमित हुन्छ उनले भने “बर्तमान गठबन्धन सहमती अनुसारलै ५ बर्ष टिक्छ, यसमा ढुक्क भए हुन्छ ।”
सुदूरपश्चिम सरकार जोगाउन हर प्रयास गरेपनि जोगाउन नसकिएको भट्टले बताए । हाम्रो गठबन्धनमा रहेको नागरिक उन्मुक्ती पार्टीका मागप्रती हामी सकारात्मक थियौँ, सरकारले गर्नुपर्ने प्रक्रिया शुरु भइसकेको थियो उनले भने “अदालतबाट आजै छुटाउँछौ भन्न सक्ने स्थिती थिएन, र दुई÷दुई अदालतले फैसला गरिसकेको बिषयलाई यति दिनभित्रै छुटाउँछौँ भनेर लिखित निर्णय गर्ने अवस्था थिएन र हामीलाई उन्मुक्तीले बिश्वासको मत दिएन ।” तत्कालिन गठबन्धनमा नागरिक उन्मुक्तीलेनै बिश्वासको मत नदिएर सत्ता गुमेको भट्टले बताए । अहिलेको गठबन्धनमापनि बहुमत पुगेको छैन, उनले भने “यही अवस्थामा मध्यावधी तर्फ जान्न भन्न सकिदैन ।”
पार्टी सुदूरपश्चिम ईन्चार्ज समेत रहेका भट्टले शुक्रबारबाट देशभर मिशन ग्रासरुट कार्यक्रम सञ्चालन हुन लागेको बताए । पार्टी सुद्धिकरण, सुदृढीकरणका लागी यो कार्यक्रम सञ्चालन हुन लागेको भट्टले बताए । पार्टी केन्द्रिय सदस्यहरुलाई अन्तर जिल्लाको नेतृत्वमा खटाएर पार्टीले प्रशिक्षण दिने, बर्तामान परिवेशबारे जानकारी दिने र निर्वाचनको समिक्षा गर्ने गरी पालिका तथा वडा स्तरमा नेताहरु पुग्ने भट्टको भनाई छ । सुदूरपश्चिममापनि शुक्रबारबाटै सो कार्यक्रम शुरु गरिने उनले बताए ।
भट्टले गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने सरकारको निर्णयको स्वागत गरे । तत्कालिन समयमा बर्तमान प्रधानमन्त्रीनै त्यो बेला प्रधानमन्त्री हुनुहुन्थ्यो हामीहरुले जोडदार पहल गरेर गेटा मेडिकल कलेज बनाउने निर्णय भएको थियो उनले भने “त्यसपछि काम शुरु भयो र संरचना बने तर पछिल्लो समय काग्रेंस सभापति देउवा नेतृत्वको सरकारले यसको सञ्चालनमा चासो देखाएन, बर्तमान प्रधानमन्त्री पुस्पकमल दाहालले हामीहरुलाई बोलाएपछि सुदूरपश्चिमलाई ब्याज सहित बिकास दिनुपर्छ भन्नुहुन्थ्यो दिनुस भनेपछि दशरथ चन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने निर्णय भएको छ, अब निर्णय कार्यान्वयनका लागी म आग्रह गर्दछु ।”