काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ मा जहाज अवतरणको अनुमति दिनुअघि भिजुअल अप्रोचबारे विस्तृत अध्ययन गर्न दुर्घटना जाँच आयोगले सरकारलाई सिफारिस गरेको छ ।प्रतिवेदनअनुसार पोखरा विमानस्थलको पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट भीएफआर (आँखाले हेरेर हुने) उडान तथा अवतरणको अनुमति दिनुअघि विस्तृत अध्ययन गरेर मात्रै अनुमति दिन आवश्यक रहेको देखिएको छ।
आयोगको यो सिफारिससँगै तत्काललाई पश्चिमतर्फको धावनमार्ग ‘वान टू’ बाट जहाज अवतरण गर्न नपाइने भएको छ । गएको माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनापछि छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे नेतृत्वमा पाँच सदस्यीय जाँच आयोग गठन गरिएको थियो ।आयोगले हिजो छानबिनपछिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो । दुर्घटनाको समयमा भिजिबिलिटी ६ हजार मिटर थियो । भीएफआर उडान–अवतरणका लागि पाँच हजार मिटर भिजिबिलिटी भए पुग्छ । दुर्घटनामा मौसमको कारण नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।plane