धनगढी। धनगढी उपमहानगरपालिकामा अवैध दुई वटा क्लिनिकमा शिलबन्दी गरिएको छ । अनुमति बिना सञ्चालित औषधि बिक्री गरेको भन्दै औषधि व्यवस्था बिभाग नेपालगञ्जले धनगढीका दुई औषधि पसलमा शिल गरेको हो ।
बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी बेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल सिल गरेको हो ।औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरिक्षक दिपेन्द्र कुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपि क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो । शाहका अनुसार जेपि क्लिनिक दर्ता नै नगरेको पाइएको र एस।आर पाराक्लिनिले दर्ता नगरिएको र रिफारिस नगरिएका औषधी बेच्ने गरेको भेटिएकाले सिल गरिएको हो ।
औषधी व्यवस्था विभागका प्रतिनिधि शाह सहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु सिल गरिएका हुन्।यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेसिडकलमा म्याद नाघेका औषधी र बेच्न सिफारिस नभएका औषधीको बिक्री वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अधि बढाएको छ।
फार्मेसी अधिकृत निरिक्षक शाहले अनुगमन गर्दा कमजोरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको बताए। उनका अनुसार बयानका लागि बोलायइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइने छ। सिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरिक्षक शाहले बताए। ‘दुई वटा मेडिकललाई बयान दिएर आफ्नो मेडिकलको बारेमा जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनिहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला तर सिल गरिएका मेडिकलको हकमा भने कानुन अनुसार कारवाही अघि बढ्ने छ।’