कैलाली। सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका दुई बिना विभागीय मन्त्रीले मन्त्रालयको सेवा सुविधा प्रयोग गरिरहेको पाइएको खुलेको छ। सुदुरपश्चिम प्रदेसका मुख्यमन्त्री राजेन्द्र सिँह रावलले गत पुस २८ गते नेकपा एमालेकी सन्तोष कुमारी शर्मा र माओवादी केन्द्रका खगराज भट्टलाई मन्त्रीमा नियूक्त गरेका थिए।
मुख्यमन्त्रीले उनीहरुलाई मन्त्रीमा नियूक्त गरेपनी मन्त्रालयको जिम्मेवारी भने दिएका थिएनन्। बिना विभागीय मन्त्रीले चढ्ने गाडी र निवास प्रयोग गर्दै आएका छन् । मन्त्रालयको जिम्मेवारी समेत नपाएकी सन्तोषकुमारी शर्माले सरकारी सवारी साधन प्रयोग गर्दै आईरहेकी छिन्। विना विभागिय मन्त्री शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको बागमती प्रदेश ००१ झ ३१८ नम्बरको गाडि प्रयोग गर्दै आइरहेकी खुलेको हो। मन्त्री शर्माले निवासको सुविधा नलिएपनि घरबाटै कार्यक्रम समुदघाटन, सभा,भेटघाट,छलफल तथा प्रदेश सभा बैठक लगायतमा सहभागि हुन जानुपर्दा मन्त्रालयको गाडि प्रयोग गरिरहेकी छिन्।
यस्तै विना विभागिय मन्त्रीमा नियूक्त भएका अर्का मन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले पनि मन्त्रालयकै गाडि प्रयोग गरिरहेको एक कर्मचारीले बताए । एक कर्मचारीका अनुसार मन्त्रालयको जिम्मेवारी नपाएका उनले भौतिक पूर्वाधार मन्त्रालयमा रहेको गाडि प्रयोग गरिरहेका हुन्। उनलाई पनी मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। यसरी विना विभागिय दुई मन्त्रीले मन्त्रालयको सवारी साधन प्रयोग गरिरहदा सरकारी सम्पत्तीको दुरुपयोग र नियम विपरित प्रयोग गरिरहेको जानकारहरुले बताएका छन्। माओवादीका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै मन्त्री निवास पनि सरसफाई तथा मर्मत गर्न लगाएका छन्।
पदले विनाविभागीय भए पनि मन्त्रीहरू जिम्मेवारीसहितको मन्त्रीकै हैसियतमा राज्यस्रोतको निर्वाध उपभोग गरिरहेका हुन्। प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिएका कारण तीन साता बढी भईसक्दासमेत मन्त्रीमण्डल विस्तार र विना विभागिय मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन्। मुख्यमन्त्री रावलले विश्वासको मत लिएसंगै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल नियूक्तसंगै निवासमा निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले उपयोग गरेका सामाग्री हटाई नयाँ सामाग्री ल्याएर राखिएका छन्। एक कर्मचारीका अनुसार कार्पेट, खटिया, सुत्न आवश्यक लत्ताकपडा लगायत निवासमा आवश्यक सामाग्रीहरु नयाँ राखिएका छन् । मुख्यमन्त्री रावलले धनगढीस्थित निवासमा बस्न शुरु गरेका हुन। मुख्यमन्त्रीसंग सभामुख भीमबहादुर भण्डारीले भवन मर्मतसंगै कार्पेट लगायतका आवश्यक सामाग्री नयाँ प्रयोग गरेका छन्।
विना विभागिय मन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रीको निवास सरसफाई, नयाँ सामाग्री व्यवस्थापन गर्न लगायतको निर्देशन बमोजिम निवासलाई व्यवस्थापन गर्ने कार्य मन्त्रालयले गरिरहेका बताइएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलसँगै २८ पुसमा मन्त्रीको शपथ लिएका नेकपा माओवादी संसदीय दलका नेता भट्ट र एमालेका शर्माले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। एमाले संसदीय दलका नेता रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए। नियुक्त भएको एक महिनाभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने बताएका छन् । तर निरन्तर छलफल गरे पनि मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिको समर्थन पाउने नपाउने बारेमा दुबिधा छ। विश्वासको मत लिन नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन भने सरकार नै संकटमा परेको अवस्था छ । यस्तै मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ। लामो समय विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकाजसमेत प्रभावित भएका छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ । प्रदेश सभामा प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसद रहेका छन्।